विराटनगर - झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ का २४ वर्षीय दिलबर खान छन् ।
१७ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (वैशाख १) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको शनिबार (चैत ३०) झापाको मेचीनगर नगरपालिका–९ मा खानले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।