×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

मैना देवी फाउन्डेसन र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालले सचेतनाः ‘हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी’ नामक जागरूकता अभियान शुरू गरेको छ ।

उक्त अभियान जसले मास्क लगायतका स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापनबारे विभिन्न सिर्जनशील सामग्रीमार्फत सर्वसाधारणमा सूचना पुर्‍याउने बताइएको छ ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको बारेमा सामुदायिक स्तरमा जानकारी दिनु सचेतनाको मुख्य उद्देश्य रहेको यूएनडीपीले जनाएको छ ।

सामुदायिक स्तरमा जानकारी फैलाएर जिम्मेवारबोध गराएमात्रै यस्ता फोहोरहरूको अनुचित व्यावस्थापनको समस्या केही तहसम्म घट्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिएको छ ।

सचेतना कार्यक्रमका लागि १२४४ आवेदकहरूको कुल संख्याबाट ३०० स्वयंसेवकहरू छानिएका छन् । स्वयंसेवकहरूले नेपालका ७७ जिल्लाका ३०० विभिन्न स्थानीय स्तरको प्रतिनिधित्व गरेका छन् ।

कुल ५५ प्रतिशत महिला र ३० प्रतिशत सीमान्तकृत समुदायको समावेसी प्रतिनिधित्व रहेको यस कार्यक्रम समुदायस्तरसम्म पुगेर स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

यस महामामारीका कारण मास्क, खोप लगायतका स्वास्थ्यजन्य सामग्रीको उल्लेख्य मात्रामा प्रयोग भइरहँदा ती स्वास्थ्यजन्य सामग्री उपयोगपछि त्यसको उचित व्यवस्थापन गर्ने यो सचेतना अभियान सञ्चालन गरीएको यूएनडीपीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्