×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपालका परराष्ट्रमन्त्रीसँग सहकार्यका लागि प्रतीक्षारत छु : एस जयशंकर

नेपालका परराष्ट्रमन्त्रीसँग सहकार्यका लागि प्रतीक्षारत छु : एस जयशंकर

काठमाडाैँ- नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशंकरले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्यका लागि आफू प्रतीक्षारत रहेको बताएका छन् ।

यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना रहेको छ । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा भारतका विदेशमन्त्री पनि हाल न्यूयोर्कमा छन् भने नेपालका परराष्ट्रमन्त्री पनि न्युयोर्क पुग्दैछन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक भने यसपटक स्थगित गरिएको छ । अफगानिस्तानको पछिल्लो घटनाक्रमका कारण बैठक स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस्