×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको देशव्यापी दौड, आज हुम्ला जाँदै

ओलीको देशव्यापी दौड, आज हुम्ला जाँदै

सुर्खेत- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् । हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्नका लागि अध्यक्ष ओली हुम्ला जाने भएका हुन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्ने ओलीको योजना रहेको छ । अध्यक्ष ओलीले हुम्लाको तीन ठाउँमा भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिए ।

ओली आइतबार बिहान ११:०० बजे हेलिकोप्टरबाट हुम्ला पुग्ने र लगत्तै उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्याली क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य तथा हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीले बताए ।

उनले लिमीका बासिन्दासँग भेटघाट, नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्