×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देउवाको दाबी: काँग्रेसभित्र विवाद छैन

देउवाको दाबी: काँग्रेसभित्र विवाद छैन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र कुनै किसिमको विवाद नरहेको दावी  गरेका छन्। नेता नवीन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रध्दाञ्जली सभामा बोल्दै देउवाले यस्तो दावी गरेका हुन् ।

उनले जोशीको निधनले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताउँदै यतिखेर पार्टी अप्ठेरोमा नरहेको बताए ।  कार्यकर्ताहरुलाई सान्तवना दिँदै भने ‘तपाईंहरु आफूले आफैँलाई कमजोर नबनाउनुस् ।’ उनले थपे ‘यहाँ दोहोरी खेल्ने कुरै छैन । नेपाली काँग्रेस संकटमा हिजो थिएन, आज छैन र भोलि पनि रहँदैन । काँग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । हामी सबैले निभाँउदै गएका छौँ ।’

देउवाले पार्टी जीत हारको कारण संकटमा नपरेको बताउदै आफूहरुले धेरै पटक हारेको र धेरै पटक जितेको उल्लेख गर्दै भने ‘त्यसकारण हामी डिमोरलाईज हुने काम छैन । आफैँले आफैँलाई कमजोर गर्ने काम पनि छैन । पार्टी संकटमा छैन ।’ कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन ।

प्रतिकृया दिनुहोस्