×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिनियाँ नेता ली आज स्वदेश फर्किँदै

चिनियाँ नेता ली आज स्वदेश फर्किँदै

काठमाडौं - नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।
नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ 

प्रतिकृया दिनुहोस्