×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पानी नपर्दा किसानले धान रोप्न पाएनन्, राहत दिनु पर्‍याे : सांसद अनिल कुमार झा

पानी नपर्दा किसानले धान रोप्न पाएनन्, राहत दिनु पर्‍याे : सांसद अनिल कुमार झा

काठमाडौं- सांसद अनिल कुमार झाले मधेसका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । 

‘जुन समस्या अहिले मधेसका किसानले भोगेको छन्, त्यसबाट छुटकारा पाउन राहतको व्यवस्था गर्न म सरकारलाई अनुरोध गर्दछु,’ सांसद झाले भने । अहिले तराईको सबै जिल्लामा किसानले धान लगाइसक्नु पथ्र्यो, तर पानीका अभावका कारण रोप्न नपाएको उनले जनाए ।

‘नेपाल सरकारको डाटा अनुसार आधाभन्दा बढी धान रोप्ने काम बाँकी छ । रोपेको धान पनि सुक्न लागेको छ,’ उनले भने । मधेसका किसान मात्र नभएर अहिले देशभरिकै किसान पीडित बनेको उनले जनाए । यसबारे समयमै सोच्न जरुरी रहेको उनले बताए । ‘छिमेकका किसानहरुले हात्महत्या गरेको सुनेका छौं, हाम्रोमा यस्तो नहोस्,’ सांसद झाले भने । 

प्रतिकृया दिनुहोस्