×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि सुरु हुदैँ साफ यू–१९ फुटबल, उद्घाटनमा नेपाल र पाकिस्तान खेल्ने

आजदेखि सुरु हुदैँ  साफ यू–१९ फुटबल, उद्घाटनमा नेपाल र पाकिस्तान खेल्ने

काठमाडौँ- साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ । समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।


खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ .

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले सोमबार समूह चरणमा माल्दिभ्ससँग खेल्ने छ । 

प्रतिकृया दिनुहोस्