काठमाडौँ- नर्भिक इन्टरनेशनल हस्पिटलले तिज र ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
नर्भिकले तीज पर्वको अवसरमा हेल्थ प्याकेज घोषणा गरेको हो । भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अन्य दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज रहेको नर्भिकले जनाएको छ ।
बेसिक प्याकेज लिँदा अरु बेलाको रेट ८ हजार रुपैयाँ रहेकोमा तिजको अवसरमा ६ हजार ६ सय ६६ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला १० हजार रुपैयाँ पर्नेमा तिजमा छुट गरी ७ हजार ७ सय ७७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य १३ हजार ४०० रुपैयाँ रहेकोमा तिजको अफरअन्तर्गत ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको नर्भिकले जनाएको छ ।
यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ ।
अरु बेला ८ हजार ६ सय५० रुपैयाँ पर्ने प्याकेजलाई ६५०० रुपैयाँ मै उपलब्ध गराउने घोषणा गरिएको जनाएको छ । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ ।