एजेन्सी- चिनियाँ कम्पनीको स्वामित्व रहेको लोकप्रिय सोसल मिडिया एप टिकटकमाथि बेलायतले पनि बन्देजको घोषणा गरेको छ ।
सुरक्षाका लागि खतरा भएको ठहर गर्दै बेलायतले सरकारी उपकरणहरुमा टिकटकलाई प्रतिबन्ध लगाएको हो ।
यसअघि अमेरिका, डेनमार्क तथा बेल्जियम लगायतले सरकारी उपकरणहरुमा टिकटक एप इन्स्टल गर्न तथा चलाउन प्रतिबन्ध लगाइसकेका छन् ।
बेलायती संसदले बिहिबार यस्तो घोषणा गरेको हो । बेलायतका मन्त्रीपरिषद कार्यालयका मन्त्री ओलिभर डाउडेनले संसदमा संसदमा टिकटकलाई सरकारी उपकरणमा बन्देज लगाउने प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावलाई संसदले समर्थन गर्यो ।
मन्त्री डाउडेनका अनुसार टिकटकजस्तो जोखिमयुक्त एपबाट सरकारी डाटा तथा सूचनाहरुमाथि नै खतरा पैदा भएको छ ।