×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

गोरखा- गोरखा- २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ । गोरखा प्रहरीले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताएका छन् । कुटपिट गर्ने अन्य तीन फरार छन् ।

अब्दुसको चुनावी प्रचारप्रसार सचिवालयका अश्विन दानीका अनुसार दुई दिनअघि एक अपरिचित नम्बरबाट फोन गरेर आफू वाईसीएलको सदस्य भएको भन्दै ज्यान जोगाउन धम्की दिएका थिए । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।

प्रतिकृया दिनुहोस्