काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ५.८४ अङ्कले घटेको छ । हिजो ‘मंगलबार’ पनि सेयर बजार १३७ अकंले बढेर १ अर्ब ८४ करोड २६ लाख बढीको सेयर कारोबार भएको थियो । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१७ प्रतिशतले घटेर २४१४.६२ बिन्दुमा आइपुगेको छ ।
सेन्सेटिभ इन्डेक्स ०.८९ अङ्कले घटेर ४५९.४१ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा पनि उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् । बुधबार २ सय २८ कम्पनीका ९८ लाख ७९ हजार १ सय ९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ६७ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन सामलिग पावर कम्पनी लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।