×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पैसा उठाउन हिँडेका फलफूल व्यवसायी रिमाल सम्पर्कविहीन

पैसा उठाउन हिँडेका फलफूल व्यवसायी रिमाल सम्पर्कविहीन

काठमाडौँ- काठमाडौँको कुलेश्वरमा फलफूल व्यवसाय गर्दै आएका ३१ वर्षीय प्रेमप्रसाद रिमाल सम्पर्कविहीन भएका छन् । बिहीबार बिहान पसलको पैसा उठाउन भन्दै बा ७६ प ३८४५ नम्बरको मोटरसाइकलमा निस्किएका रिमाल सम्पर्कविहीन भएका हुन् । 

सम्पर्कविहीन भएको बितिसक्दा पनि उनी सम्पर्कमा नआएपछि परिवारलाई खोजीका लागि आग्रह गरेको छ । नुवाकोटको विदुर नगरपालिका १२ स्थायी घर भएका रिमाल अहिले काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा डेरा गरी बस्दै आएका छन् ।

परिवारकाअनुसार उनले प्रयोग गर्ने फोन नम्बर बन्द छ । डेराबाट निस्किने बेला उनले निलो ज्याकेट र खैरो पाइन्ट थिए भने गोरो वर्ण, उचाइ अन्दाजी ५ फिट ३ इन्च, जुँगा पालेको, दाहिने गालामा कोठी भएको हुलिया छ ।

आफन्त, नातागोता, साथीभाइ तथा सम्भव भएका सबै क्षेत्रमा खोजी गर्दा पनि उनी भेटिएका छैनन् । उनका आफन्तले उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८४१५९४८५९ मा जानकारी गराइदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्