×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा,हङकङविरुद्ध फराकिलो जित

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा,हङकङविरुद्ध फराकिलो जित

काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गर्दै  एक खेल अगावै सेमिफाइनल पुगेको छ। । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।


हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ । नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ । (भिडिओ)
 

प्रतिकृया दिनुहोस्