×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप : सिराजको घातक बलिङमा श्रीलंका ५० रनमा अलआउट

एसिया कप : सिराजको घातक बलिङमा श्रीलंका ५० रनमा अलआउट

काठमाडौं - भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमा अलआउट भएको छ ।

कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो । हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।

डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।

श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।

भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।

फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्