×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारत-पाक खेलका लागि होटल प्याक छिनमै खरिद !

भारत-पाक खेलका लागि होटल प्याक छिनमै खरिद !

 

काठमाडाैँ- २४ अक्टोबर (भाेलि)मा भारत र पाकिस्तानबिच हुने टी-२० विश्वकपको शीर्ष १२ को पहिलो खेल बहुप्रतीक्षित मानिएको छ । अहिले यो खेलको चर्चा भारत र पाकिस्तानी समर्थकमाझ मात्र होइन विश्व क्रिकेटमानै प्रतीक्षाका साथ हेरिएको छ। यस्तोमा युएईमा भारत र पाकिस्तानका समर्थकको बाहुल्यता छ। यहाँ यो खेलको रोमाञ्चकता उत्साहजनक हुने पक्का छ।

आम मजदुर देखी लिएर करोडपति सम्म आ-आफ्नो टीमको समर्थनका लागि जोडिएका छन्। यो खेलका लागि होटलहरुले तय गरेको टुर प्याकेज हातहातै बिक्री भइरहेका छन्। अझ यो खेल हेर्नका लागि अमेरिका र क्यानडामा बस्ने भारतीय र पाकिस्तानी नागरिकहरूले समेत ठुलो मात्रामा प्याकेज खरिद गरिरहेका छन्।

दुवैको चर्चित ट्राभल्स कम्पनी दादाभाईका सुपर भाइजर एलिडसले खेलको टिकट सँगै एक रात होटलमा बस्ने ५०० प्याकेज ओपनिङ गरेको केही समयमानै खरिद भएको बताए। उनले भने ‘हामीले प्याकेज जारी गरेको केही मिनेटमानै सबै खरिद भयो। हामीले एक प्याकेजको २००० दिरहम (६५ हजार) तय गरेको थियो।’ दोस्रो तर्फ रेस्टुराँ तथा बारमा पनि खेल समर्थक लोभ्याउनका लागि अनेक प्याकेजहरू घोषणा भइरहेका छन्। हरेक जसो प्याकेजमा क्रिकेट छाएको छ। जसमा खानाको सेन्चुरी प्याक, हाफ सेन्चुरी प्याक लगायत क्रिकेटको नामबाट म्यान्यु निर्माण गरिएको छ। घरमानै बस्नेहरूका लागि समेत रेस्टुँराहरुले विश्वकपको अवसरमा होम डेलिभरीमा छुट सहितको प्रस्ताव गरेका छन्।

३० मिनेटमै बिक्यो टिकट भारत-पाकिस्तान बिच टिकट बिक्री शुरु भएको केही समयमानै बिक्री भयो। सुरुवाती ३० मिनेटमानै टिकेट वेटिङ १३ हजार बढी भएको थियो। कतिपय स्थानमा ४ देखी ५ गुणा बढी मूल्यमा टिकट कारोबार भइरहेको छ। धेरै मैदानमानै गएर खेल हेर्ने अवसरबाट वञ्चित हुने पक्का छ। युएइमा काम गर्ने हजारौँ भारतीय तथा पाकिस्तानका कर्मचारीहरू टिकट खरिदका लागि प्रयासरत छन्। कतिपय कम्पनीले टिकट प्राप्त गर्ने कर्मचारीलाई छुट्टीको व्यवस्था गरेको छ।

१० सेकेन्ड विज्ञापनका लागि २५ देखी ३० लाख टी-२० विश्वकप लाइभ ब्रोडकास्टिङका क्रममा २४ अक्टोबरबाट १०-१० सेकेन्डको स्लटका लागि २५ देखी ३० लाख भारतीय रुपैयाँ तिर्नु पर्ने भएको छ। यो भारतीय टिभीमा लाइभ स्पोर्टस इभेन्टका क्रममा प्रसारित विज्ञापनको सर्वाधिक उच्च रेट हो। यसअघि यो स्लटको मूल्य ९.५ लाख रुपैयाँ रहेको थियो। दुबईका ट्राभल्स एजेन्सीहरूको रिपोर्ट अनुसार विश्वकपको दौरानका क्रममा भारतीयहरुकाे टिकट बुकिङ तथा होटल बुकिङमा उछाल आएको छ। पहिलेबाटै होटलमा स्थान छैनन्। अझ सेमिफाइनल र फाइनल पुगेपछि होटल बुकिङ चाप झनै बढ्ने छ।

प्रतिकृया दिनुहोस्