×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

झलनाथ खनालले भने - ओलीको कारबाहीले रौं पनि हल्लिँदैन

झलनाथ खनालले  भने - ओलीको कारबाहीले रौं पनि हल्लिँदैन

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले केही फरक नपर्ने बताएका हुन्।

नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने स्पष्ट पारे ।आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो। म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।

वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि बिदाइ गर्नुपर्ने बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै खनालले प्रधानमन्त्री ओलीले जनताको लासमाथि राजनीति गरेको समेत आरोप लगाए। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओलीले खनाल नेपाल सहितका ११ जनालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका छन्।

प्रतिकृया दिनुहोस्