×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुक्त हरवाचरवाको पुन:स्थापना नभए आन्दोलन गर्ने चेतावनी

मुक्त हरवाचरवाको पुन:स्थापना नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं- राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिद्र सदाले मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापना नगरे गाउँदेखि सिंहदरवारसम्म आन्दोलनको आँधीबेहेरी श्रृजना गर्ने चेतावनी दिएका छन्।

मधेस प्रदेशका ८ वटा जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मञ्चका पदाधिकारीहरू र एक्टिभिष्टहरूका लागि नेतृत्व बिकास र जनवकालत शिप सम्बन्धी दुई दिने तालिमबाट मुक्त हरवाचरवाको पुन:स्थापनाका लागि ३ महिने जनवकालत योजना निर्माण भएको छ।

गत २०७९ श्रावण २ गते २२ औं कमैया मुक्ति दिवशको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले एक विशेष कार्यक्रमको आयोजना गरी हरवाचरवा मुक्ति घोषणा गरेका थिए।

राष्ट्रिय दलित नेटवर्कका केन्दीय अध्यक्ष हरवाचरवा, मुक्त हलिया, कमैया र कमलरीको बस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले राजनीतिक दलहरू, नीति निर्माता, सरकारी तथा गैरसरकारी निकाय, आम नागरिक समाज र पत्रकारहरुसँगको सहकार्यमा स्थानीय, जिल्ला र राष्ट्रिय स्तरमा गठन भएका हरवाचरवा संगठनहरूले मुक्त हरवाचरवाको पुन:स्थापनाको अभियानमा एकताबद्ध भएर अगाडl बढनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए।

मुक्त हरवाचरवाको पुन:स्थापनाको कार्यक्रमलाई थप प्रभावकारी ढंगले अगाडि बढाउनका लागि हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गर्न नेपाल सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको अगुवाईमा विस्तारित कार्ययोजना निर्माण गरी मन्त्रिपरिषदबाट पारित गरेर पुनःस्थापनाको बजेटसहितको कार्ययोजना निर्माण गरिनुपर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस्