×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

दक्षिण कोरियालाई हराउँदै ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलमा

दक्षिण कोरियालाई हराउँदै ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं - ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए ।

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे । २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३-० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ-होले एक गोल फर्काएपनि ब्राजिल ४-१ ले विजयी भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ । दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ  ।

प्रतिकृया दिनुहोस्