×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आर्सनल र टोटेनहमको हार

आर्सनल र टोटेनहमको हार

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहमले हार बेहोरेका छन् । आर्सनल साउथह्याम्टनसँग १–० ले पराजित हुँदा ब्राइटनले टोटेनहमलाई १-० ले स्तब्ध पार्‍यो । 

साउथह्याम्टनको जितमा खेलको ४४औँ मिनेटमा जान बेडनारेकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि साउथह्याम्टननको ३२ खेलमा ३९ अंक भएको छ भने लिगमा १२औँ स्थानमा उक्लिएको छ । आर्सनलको ३१ खेलमा ५४ अंक रहेको छ भने लिगमा छैटौँ स्थानमा रहेको छ ।

अर्को खेलमा ब्राइटनले टोटेनहममाथि रोमाञ्चक जित निकालेको हो । ब्राइटनका लागि लीनड्रो ट्रोसार्डले खेलको ९०औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् ।हारपछि टोटेनहमको ३२ खेलमा ५७ अंक रहेको छ र चौथो स्थानमा कायम रहेको छ । यो महत्त्वपूर्ण जितपछि ब्राइटनको ३२ खेलमा ४० अंक भएको छ र लिगमा १०औँ स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस्