×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं - जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

जाजरकोटको छेडागाड नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको इनरुवा नगरपालिका–९ तिनठडिया थानमा सोही नगरपालिका–९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

प्रतिकृया दिनुहोस्