×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गण्डकी प्रदेश : नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान मुख्यमन्त्रीको फोन

गण्डकी प्रदेश : नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान मुख्यमन्त्रीको फोन

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फोन मार्फत बधाई दिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले ५ सदस्य मन्त्रीमण्डल सहित शनिवार नै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

प्रतिकृया दिनुहोस्