×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी प्रदेशले गर्यो बजेट अधिवेशन आह्वानका लागि सिफारिस

कोशी प्रदेशले गर्यो बजेट अधिवेशन आह्वानका लागि सिफारिस

विराटनगर - कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।

बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्