काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
यस्तै महासचिव इश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
ललितपुरको गोदावरीमा असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन आज सकिँदैछ । कार्यक्रममा देशभरबाट ६३४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।