×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्से परिसूचक हालसम्मकै उच्च

नेप्से परिसूचक हालसम्मकै उच्च

   एजिंसी-२ भदौ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे ।
यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।
नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।
दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्