×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीमा दुःखद दुर्घटना: बुबाको मृत्यु, छोरा गम्भीर घाइते

रुपन्देहीमा दुःखद दुर्घटना: बुबाको मृत्यु, छोरा गम्भीर घाइते

बुटवल । रुपन्देहीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियारी गाउँपालिका–७, भर्थापुरमा ना ६ प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मायादेवी गाउँपालिका–७, गर्गटी निवासी ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका धवलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका छोरा विनोद धवल गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ । रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार घाइते विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्