जापान । जापानको गुन्माकेन ओईजुमि माचीमा दोस्रो नेपाल फेस्टिबल - २०२५ हुने भएको छ । लामो समयदेखि जापानवासी नेपाली समुदायको हकहित, सुरक्षा र सेवामा सक्रिय रहेको नेपाली साझा समाज जापानको आयोजनामा आगामी सेप्टेम्बर १३ र १४ मा गुन्माकेन ओइजुमी माची स्थित इजुमी नो मोरिमा २ दिने दोस्रो नेपाल फेस्टिवल २०२५ हुने भएको हो ।
नेपाल र नेपालीको गौरवसँग जोडिएको फेस्टिवलमा नेपाली राजदूतावास जापान, गुन्मा प्रान्तीय सरकार, ओइजुमि नगर तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) साथ र Aizawa Corporation को मुख्य प्रायोजन रहेको छ । जापानिज र अन्य विदेशीहरु माझ नेपाल र नेपालीको पहिचान झल्कने नेपाली कला भेषभुषा भाषाको प्रचार प्रसार गरि नेपाल र जापान विचको मित्रता भाइचाराको सम्बन्ध कायम गर्ने उदेश्यले फेस्टिवलको आयोजना गर्न लागिएको फेस्टिवल संयाेजक अशाेक श्रेष्ठले जानकारी दिएका छन् ।
फेस्टिवलमा नेपालको कला संस्कृति झल्कने विविध सास्कृतिक कार्यक्रम गरिने भएको छ । नेपाली मौलिकता, रंगीन कला, परम्परा र सांस्कृतिक वैभवलाई जापान र बिश्व सामु चिनाउनै बिषेश उदेश्यका साथ आयोजना गर्न लागिएको फेस्टिबलमा नेपाली मौलिक स्वादले भरिएका स्वादिला परिकारहरु,लोकदोहोरि, मादल, दमाहाका तालमा लोकनृत्य,परम्परागत झाँकी, नाटक, गायन, हास्यव्यङ्ग्य, नेपालबाटै सामग्री मगाएर तयार पारिएको मौलिक पञ्चेबाजा, लोकगीतदेखि पप सङ्गीतसम्मका रंगारंग प्रस्तुति, नेपाली हस्तकलाका सुन्दर प्रदर्शनी स्टलहरू रहने छ ।
यस महोत्सवलाई अझ भव्य बनाउन समाजले गुन्मा केन तथा वरपरका सबै संघ संस्थाहरूलाई हातेमालोका लागि खुला निमन्त्रणा गरिसकिएकाे र अझै पनि सहकार्यका लागि ढोका खुला राखेको आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल र नेपालीलाई चिनाउने, आपसी प्रेम, सद्भाव र आत्मीयताको सेतु बन्ने यो नेपाल फेस्टिवलकाे मिडिया पाटनरका रूपमा indrenitimes.com रहेकाे छ ।