काठमाडौं- १५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा अचानक आगो लागेपछि आपत्कालीन अवरतण गराइएको छ । भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको हो। पटनाबाट दिल्लीतर्फ जाँदै गरेको बिमानमा आगो लागेको थियो।
उडान भर्नेसमयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय अधिकारीहरुका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने समयमा विमानको इन्जिनमा आगो लागेको सूचना पाएसँगै आपताकालिन अवतरण गरिएको बीबीसी हिन्दीले जनाएको छ।
पटनाका डीएमका अनुसार विमानका सबै यात्री सुरक्षित छन्। विमानको बाँया पंखामा आगो लागेको थियो। उडान भर्नासाथ तल रहेका मानिसहरुले विमानमा आगो लागेको देखेका थिए। त्यसलग्तै विमानलाई आपतकालीन अवतरण गराइएको जनाइएको छ। प्राविधिक समस्याका कारण विमानमा आगो लागेको जनाइएको छ।