×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान मन्त्री देउवा र विप्लवबीच भेटवार्ता

प्रधान मन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच बुधबार दिउँसाे प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे छ । 

स्राेतकाअनुसार विप्लवले प्रधान मन्त्री देउवालाई तत्कालीन सरकारसँग भएकाे समझदारीका बारेमा कुरा उठाएका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले ३ बुँदे सहमति गरेकाे थियाे । त्यसका शीघ्र कार्यान्वयनकाे माग विप्लवले गरेका थिए ।

यस्तै उनीहरूबीच आसन्न स्थानीय तहकाे निर्वाचनबारे पनि कुराकानी भएकाे थियाे । विप्लवले यसपटक भने चुनावमा जानुपर्ने प्रस्ताव पार्टीमा ल्याएका थिए । तर, बहुमत नेताहरूले अस्वीकार गरेपछि साे प्रस्ताव अगाडि बढ्न सकेकाे छैन ।

केही दिनपहिले पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयाेग पुगेर चुनावमा जाने प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया दिनुहोस्