×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने

गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने

नवलपरासी- (सुस्ता पूर्व) । नयाँ वर्ष २०७९ को अवसरमा मौलाकालिका ब्याडमिन्टन संघ गैँडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा मेन्स डबल बी, मेन्स डबल्स सी र भेट्रान्स गरी तीन विधामा झण्डै दुई सय प्रतियोगीबीच प्रतिस्पर्धा हुने प्रचारप्रसार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिए । प्रतियोगिताको मेन्स डबल बीतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै मेन्स डबल सीतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । ४५ वर्ष माथिका खेलाडीबीच हुने भेन्ट्रान्समा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक लम्सालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको प्राप्तिका कर्भड हलमा वैशाख १ गते बिहान ८ बजे गर्ने कार्यक्रम छ । प्रतियोगिताका लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्