×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ

यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ

काठमाडौँ- यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौँमा प्रहरीले छापा मारेको छ। बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ।

सेवाग्राहीलाई बिचौलियाले दुःख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यसअघि पनि प्रहरीले विभिन्न यातायात कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गर्ने गरेको थियो।

प्रतिकृया दिनुहोस्