काठमाडौं — स्यानिटरी प्याड निःशुल्क गर्नुपर्ने माग गर्दै आम युवाले काठमाडाैंमा साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् ।
शनिबार रत्नपार्कमा आम युवा समूहले स्यानिटरी प्याड बाँडेर साङ्केतिक विरोध प्रदर्शन गरेको हो ।सो क्रममा आहा शपले सहयोग उपलब्ध गराएको ५ सय पीस स्यानिटरी प्याड वितरण गरियो ।कार्यक्रममा उपस्थित युवा अभियान्ताहरू ज्वाला संग्रौला, केपी खनाल, ज्ञानेन्द्र शाही, हेमराज थापा, जेरी ताम्राकार, सोनिका रोकायालगायतले स्यानिटरी प्याडमा लगाएको कर हटाउनुपर्ने माग गरे ।
महिलाका लागि अत्यावश्यक वस्तु प्याडमा कर लगाएको भन्दै अभियन्ताहरूले सरकारको आलोचना गरे । उनीहरूले स्यानिटरी प्याड निःशुल्क बनाउनुपर्नेमा जाेड दिए। कार्यक्रमको सञ्चालन अर्जुन पौडेलले गरेका थिए । पछिल्लो केही दिनयता स्यानिटरी प्याड निःशुल्क हुनुपर्ने माग गर्दै आन्दोलन भइरहेको छ ।