×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘घायल’ को ‘लेडी भाइरस’ छायांकन तयारी

‘घायल’ को ‘लेडी भाइरस’ छायांकन तयारी

काठमाडौँ- बक्स अफिस ग्रुप प्रालिको प्रस्तुतिमा मोहन गमालको नेपाली चलचित्र ‘लेडी भाइरस’ बन्ने भएको छ । चलचित्रको छायांकनको तयारी भइरहेको छ ।

यज्ञराज सेढाई र सन्तोष निरौलाको निर्माण रहने चलचित्रमा सरिता सुनाम, मन्जिल अधिकारी, आयुस्मा भण्डारी, नानु सुनाम लगायतको अभिनय रहने छ । माघको अन्तिम साताबाट छायांकन हुने चलचित्र घायलले निर्देशन गर्दैछन् । जसमा द्वन्द्व राजु किरात, नृत्य राजन महर्जन, छायांकन सम्पादन विश्वास भण्डारीको रहेको छ ।

चलचित्रका गीत हरि मानन्धर, शङ्कर अधिकारी घायलले लेखेका छन् भने संगीत गैरे सुरेश र शङ्कर अधिकारी घायलको रहने छ । श्वर स्वरूपराज आचार्य, नित्याशिवा र पुष्कर सुनुवारको रहने छ ।

प्रतिकृया दिनुहोस्