×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै : सङ्क्रमण नियन्त्रणबारे छलफल हुने

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै : सङ्क्रमण नियन्त्रणबारे छलफल हुने

काठमाण्डाै - कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।

काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।

कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ ।

काठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हिजो काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्