×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावका लागि आवश्यक सामग्रीको ढुवानी सुरु

चुनावका लागि आवश्यक सामग्रीको ढुवानी सुरु

काठमाडौं- मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार हिजोदेखि  सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ ।

आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ ।

मतपत्र ढुवानीको काम पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फको मतपत्र ८ वटा जिल्ला बाहेक सबै जिल्लामा ढुवानी भइसकेको आयोगले जनाएको छ । केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ ।

प्रतिकृया दिनुहोस्