काठमाडौँ- सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमा भोलि पहिलो सुनुवाइ हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि भोलि पहिलो सुनुवाइ हुने भएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मी का अनुसार मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै निवेदन दिइएको थियो । दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।