×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश १ बाट प्रधानमन्त्री देउवाको घोषणा- राहत प्याकेज ल्याउँछु

प्रदेश १ बाट प्रधानमन्त्री देउवाको घोषणा- राहत प्याकेज ल्याउँछु

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक सहायताबाट भएपनि बाढीपीडितलाई राहत वितरण गर्ने बताएका छन् । उनले ईटहरीमा कार्यक्रमलाई सम्बोधन गर्दै विदेशबाट मागेर भए पनि बाढीपीडितहरूका लागि प्याकेज ल्याउने घोषणा गरेका हुन् । बेमौसमी वर्षाले पूर्वी क्षेत्रमा पुर्‍याएको क्षतिको विषयमा जानकारी लिन प्रदेश १ मा आएका प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको बताए ।

सरकारले मृतकका परिवारलाई तत्काल केही रकम उपलब्ध गराइसकिएको र आफू काठमाडौँ फर्किएलगत्तै प्याकेज कार्यक्रम ल्याउने प्रधानमन्त्री देउवाले दाबी गरे । ‘बाढी पहिरो बाजा बजाएर आउँदैन,’ उनले भने, ‘अकस्मात आएको बाढीबाट ठुलो क्षति भएको छ, यसका लागि सरकारले राहत प्याकेज ल्याउँछ ।’ सरकारले विपद् व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने देउवाले बताए । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षासँगै आएको बाढीले पुर्‍याएको क्षतिका विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवसँग जानकारी लिएका थिए । इटहरीको कार्यक्रमपछि प्रधानमन्त्री देउवा आजै बाढीपहिरो प्रभावित जिल्ला इलाम तथा पाँचथरको अवलोकनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतिकृया दिनुहोस्