×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्रकले ठक्कर दिँदा स्कुटर चालक सहित दुईको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटर चालक सहित दुईको मृत्यु

काठमाडौँ -ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको सुनसरीमा मृत्यु भएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी-१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हाे ।ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लाँदै गर्दा बाटाेमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालक मकवानपुरको हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्