×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने

काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने

काठमाडौं - काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।
केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम घमाइलो हुनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उहाँले बताउनुभयो ।  
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा भने हल्का हिमपातको सम्भावना छ । हिमपातका कारण अधिकतम तापक्रम घट्दा चिसो बढेको छ ।
केहीदिन निरन्तर घाम लागे पनि बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस्