×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

चलेकै छ एनआरएनए जापानको चुनावी रेस, केन्द्रिय सदस्यको मैदानमा निस्किए जि.सी कमलेश

चलेकै छ एनआरएनए जापानको चुनावी रेस, केन्द्रिय सदस्यको मैदानमा निस्किए जि.सी कमलेश

जापान । बाग्लुङको वलेवामा जन्मिएर विगत ८ बर्षदेखी जापानलाई कर्मथलो बनाउदै आएका ई.कमलेश जी.सी. जसले आगामी जुलाई २७ तारिख हुने तय गरिएको गैर आवासिय नेपाली संघ (NRNA) जापानको आगामी २ बर्षे कार्यकालका लागी केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् ।  

एनआरएनए जापानले अघि सारेको नेपाल हाउसको परिकल्पनालाई साकार पार्ने संकल्प सहित चुनावी मैदानमा होमिएका कमलेशले एकता, पहिचान, प्रविधि र युवाशक्तिको बलसगँ अगाडी बढ्ने मा आफु प्रतिबद्ध रहेको हामीसगँको कुराकानीमा जानकारी दिएका छन् ।    अमेरिकी सुचना प्रविधि मा इन्जिनियर रहेका उनले सन् २०२० देखि सक्रिय रुपमा एनआरएनए अभियानमा जाेडिएका हुन् भने हाल क्षेत्री समाज जापानका प्रवक्ता, बाग्लुङ समाज जापानका केन्द्रिय सदस्य पनि रहेका छन् । सामाजिक काममा निरन्तर सक्रिय रहेर अगाडी बढेको अनुभवले एनआरएनए जापानको नयाँ यात्रामा जोडिने उत्कण्ठा भएकोले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छु सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु हामीसगँको कुराकानीमा जानकारी दिएका छन् ।    

प्रतिकृया दिनुहोस्