×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

मर्निङ वाक हिँडेकी महिलाको बसको ठक्करबाट मृत्यु

मर्निङ वाक हिँडेकी महिलाको बसको ठक्करबाट मृत्यु

 नवलपरासी - नवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा  कमला रेग्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाकको क्रममा उनलाई गाडीले ठक्कर दिएको हो ।
जिल्लाको रामग्राम नगरपालिका–१को सडकमा पैदल यात्रामा रहेकी अन्दाजी ३७ वर्षीया रेग्मीलाई लु २ ख ४०५५ नम्बरको बसले बिहानै करिब साढे ५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको र घटना पश्चात गाडी र चालकलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्