×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारी वर्षाका कारण जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

भारी वर्षाका कारण जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

   एजेन्सी -१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।
निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो।
बाढीले एकैगाउँका  १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।

प्रतिकृया दिनुहोस्