×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजाने उपचुनावपछि निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजाने उपचुनावपछि निर्णय

 काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताएका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनले बताए ।

प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए ।

उनले अघि भने, ‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं ।

प्रतिकृया दिनुहोस्