×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सगरमाथा चढ्दै गायक राजु लामा र अभिनेत्री दिया पुन

सगरमाथा चढ्दै गायक राजु लामा र अभिनेत्री दिया पुन

काठमाडौँ- गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथा आरोहणका लागि जान लागेका गायक लामा र अभिनेत्री पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सोमबार बिदाइ गरेका छन् । 

गायक लामाले सगरमाथा आरोहणसहित ६,५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रम समेत गर्ने जानकारी गराए । उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्च स्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिइन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिए । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्