×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

धादिङ नीलकण्ठका वडा अध्यक्षद्धारा स्थानीय २ जनालाई कुटपिट

धादिङ नीलकण्ठका वडा अध्यक्षद्धारा स्थानीय २ जनालाई कुटपिट

 

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले स्थानीय २ जनालाई कुटपिट गरेका हुन्। वडा अध्यक्ष फन्द्रा तामाङसहितको समूहले शुक्रबार दिउँसो अब्जनाथ सापकोटा र इन्द्रप्रसाद घिमिरेमाथी कटपिट गरेका हुन् ।
कुटपिटपछि सापकोटा सख्त घाइते भएका छन् भने घिमिरे सामान्य छन् । सापकोटालाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि शनिबार काठमाडौ लगिएको छ । पुरानो पार्टी एमाले छोडेर नयाँ पार्टी नेकपा समाजवादीमा लागेको भन्दै वडा अध्यक्षसहितको समूहले गालीगलौज गर्दै कुटपिट गरेको घाइते घिमिरेले बताएका छन् ।

यसैबिच घटनाको छानविन गरी दोषीमाथी कारबाहीको माग गर्दै नेकपा (एस) जिल्ला कमिटि धादिङले प्रेस वक्तव्य जारी गरिएको नेकपा (एस) धादिङका सचिव सुवास खतिवडाले बताउनुभयो ।शनिबार विहान नेकपा एसका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटी, धादिङ जिल्ला सचिव सुवास खतिवडा लगायत नेताहरु घाइते सापकोटालाई भेट्न धादिङ अस्पताल पुग्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्