×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ३ सय ४१ संक्रमित थपिए, ३ सय ७६ कोरोनामुक्त

थप ३ सय ४१ संक्रमित थपिए, ३ सय ७६ कोरोनामुक्त

काठमाडौं- नेपालमा सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ४१६ पीसीआर परीक्षणका क्रममा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ३ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७६ सक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय २४ सक्रिय संक्रमित आइसोलेसन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ 

प्रतिकृया दिनुहोस्