काठमाडौं- सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ८ ले काउले भज्याङमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको भन्दै दूरसंचार प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सो टावरमा अहिले फिक्कलमा रहेको सोलारबाट संचालित टावरबाट लिंकप गरिएको छ ।
फिक्कलको उक्त टावरमा घाम नलाग्दा समस्या आउने गरेको भन्दै काउले भज्याङमा रहेको टावरमा अन्य ठाउँबाट लिंकप गराउन वडा नं. ८ ले प्राधिकरणलाई पत्र लेख्दै आग्रह गरेको हो । काफले भज्याङस्थित टावर गत १५ जेठदेखि फिक्कलमा रहेको टावरबाट लिंकप गरेर संचालमा ल्याइएको थियो ।