×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विप्लवमाथि शंकाको बादल

विप्लवमाथि शंकाको बादल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । तर, गृहमन्त्री रामबहादुर थापा बादल भने विप्लवको नेकपाबाट अझै पनि शान्ति सुरक्षामा चुनौती देख्छन् । माओवादी युद्धका सहयोद्धा विप्लवमाथि अझै पनि गृहमन्त्री बादल सशंकित देखिएका हुन् । 

गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा आएको छ । विप्लवको नेकपामाथि लगाइएको प्रतिबन्ध पनि सरकारले फुकुवा गरिसकेको छ । तीन बुँदे सहमति गरेर राजनीतिक मूलधारमा आएको नेकपाबाट मुलुकको शान्ति अमैनचैनमा चुनौती देख्छन्, गृहमन्त्री बादल । 

पोखरामा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा बोल्दै सोमबार गृहमन्त्री बादलले सुरक्षा अंगका प्रमुखहरुलाई विप्लव नेकपाको गतिविधि निगरानीमा राख्नुपर्ने जोड दिए । विप्लव नेकपालाई विप्लव समूह पनि भन्ने गरिएको छ । विप्लव समूहलाई निगरानीमा राख्नुपर्ने भन्दै गृहमन्त्री बादलले भने, ‘विप्लव समूहसँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन् । उक्त समूहलाई निगरानीमा राख्नुपर्छ।’ 

राजनीतिक संक्रमण देखिएसँगै विप्लव समूहबाट पनि सुरक्षा चुनौती देखिएको बताएका गृहमन्त्री बादल भने, ‘सरकारको नेतृत्व गरेकै पार्टीमा पनि पूर्ण एकता छैन ।  सरकारलाई गिराउने खेल खेलिरहेको छ, संविधान मान्ने दलहरूमा संघर्ष पैदा भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पहलमा शान्तिपूर्ण राजनीतिमा ल्याएका विप्लवमाथि अझै पनि गृहमन्त्री बादल सशंकित भएका हुन् । विप्लव समूहसँग रहेको हतियार सरकारलाई बुझाइएको छैन भने ती हतियार कहाँ र कुन अवस्थामा छन् भन्ने बारे जानकारी नभएकाले पनि गृहमन्त्री बादलले शान्ति सुरक्षामा जोखिम देखेका हुन् ।

प्रतिकृया दिनुहोस्