×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

साताको अन्तिम दिन : नेप्से सामान्य अंकले गिरावट

साताको अन्तिम दिन : नेप्से सामान्य अंकले गिरावट

काठमाडौं - साताको अन्तिम कारोबारको दिन आज विहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सामान्य अंकले गिरावट आएको छ । नेप्से विहीबार शुन्य दशमलव ६२ अंकले घटेर २ हजार ८ सय ७५ दशमलब ९८ विन्दुमा थामिएको छ । आज नेप्सेमा ७ अर्ब ५० लाख बराबरको मात्रै कारोबार भएको छ ।

जीवन बीमा कम्पनी, जलविद्युत कम्पनी र इन्भेष्टमेन्ट र ट्रेडिङ समूह बाहेक सबै समुहमा गिरावट देखिएको छ । नेप्सेमा साताको चौथो कारोबारको दिन बुधबार समेत उच्च अंकको गिरावट आएको थियो । आज सबैभन्दा बढी फाइनान्स समूहको इन्डेक्समा ३६.४३ अंकको गिरावट देखिएको छ ।

प्रतिकृया दिनुहोस्