×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मेडिकल स्टुडेन्ट एसोसिएसनद्वारा आर्थिक सहयोग

मेडिकल स्टुडेन्ट एसोसिएसनद्वारा आर्थिक सहयोग

काठमाडौँ - नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन(NMSA) KUSMS ले फिलिप राईलाई पठनपाठनको लागी सहयोग गरेको छ।

फिलिपको परिवारको आर्थिक अवस्था कमजोर भएको र फिलिपलाई उसको परिवारले पढाउन नसक्ने भएपछि नयाँ युवा नयाँ सोचका अध्यक्ष सुजन खत्रीले फिलिपलाई हिमालयन इन्टरनेश्नल एकेडमीमा भर्ना गराउनु भएको थियो र थप सहयोगको लागी NMSA KUSMS का अध्यक्ष प्रभाकर तिमल्सिनालाई सम्पर्क गर्नुभएको थियो। सो सुचना प्राप्त हुना साथ अध्यक्ष प्रभाकर तिमल्सिना फिलिपलाई भेट्न ऊ बस्दै आएको डेरामा पुगेका थिए। डेरामा पुग्ना साथ अध्यक्ष तिमल्सिनाले उनीहरुको आर्थिक अवस्था बारे अनुमान लगाए। पछि कुरा गर्दा फिलिपका बुवा मुटु र दिमागको रोगले पिडित रहेछन्। घरमा कमाउने सदस्य कोहि छैनन्।

फिलिपको सानो १० महिनाकि बहिनि छिन् र आमा पनि घरकै काममा मात्र सिमित छिन्। यो अवस्थामा फिलिपलाई स्कुल पठाउनु भनेको असम्भव कुरा थियो। फिलिपको आमा बुवाको सपना फिलिपलाई बोर्डिङ स्कुल पढाउने छ। हिमालयन इन्टरनेश्नल एकेडेमिले फिलिपको मासिक शुल्क छुट गराइदिएको छ। NMSA KUSMS को तर्फबाट स्वम अध्यक्ष प्रभाकर तिमल्सिना स्कुलमा पुगेर फिलिपलाई आवश्यक पर्ने स्कुलको पोषाक र पाठ्यपुस्तक उपलब्ध गराएका छन्।

प्रतिकृया दिनुहोस्